स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्ने काम जारी छ -मन्त्री पौडेल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४२७ दिन अगाडि
स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्ने काम जारी छ -मन्त्री पौडेल

काठमाडौं -स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नीतिगत विषयहरुलाई पूर्णता दिनेगरी काम भइरहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा २८ औ स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित समारोहमा उनले नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेको भन्दै स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्नेतर्फ लागेको बताए ।  उनले भने, ‘हामीले स्वास्थ्य सेवा ऐन पनि छिटै ल्याउदैँ छौ । यसको साथै अन्य ऐनहरुको पनि तयारी गर्दैछौ । विकास समिति ऐनको तयारी भइरहेको थियो, औषधी ऐनको तयारी भइरहेको छ । गुणस्तर ऐनको तयारी भइरहेको छ । धेरै नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेका छौ ।

नीतिगत कामहरुलाई पूर्णतातर्फ लाने कामहरु गरिरहेका छौ ।’  यसको साथै, उनले देशका जनशक्ति देशभित्र बस्न नचाहनु आजको सबैभन्दा ठूलो चुनौती भएको भन्दै यस क्षेत्रमा पनि अध्ययन आवश्यक रहेको बताए ।