सुनको मूल्य बढ्दा चाँदी घट्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५९४ दिन अगाडि
सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं - आइतबार सुनको भाउ सामान्य बढेको छ ।

 अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य बढ्दा चाँदीको भने ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९० रुपैयाँ रहेको चाँदी आज १९८५ रुपेयाँमा झरेको छ ।