तिमिल्सिना र रावललाई १ लाखको 'खड्गस्मृति राष्ट्रिय गौरव' पुरस्कार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६०१ दिन अगाडि
तिमिल्सिना र रावललाई १ लाखको 'खड्गस्मृति राष्ट्रिय गौरव' पुरस्कार

काठमाडौँ  -टीकापुर साहित्य महोत्सवमा विभिन्न विधाका व्यक्तिहरूलाई पुरस्कार प्रदान गरिएको छ।

टीकापुरमा जारी महोत्सवमा दोस्रो संस्करणमा शिक्षासेवी धनञ्जय तिमिल्सिना र बलबहादुर रावललाई संयुक्त रुपमा एक लाख नगद राशिको 'खड्गस्मृति राष्ट्रिय गौरव' पुरस्कार प्रदान गरिएको छ।टीकापुर नगरको स्थापनाकालदेखि नै शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानका लागि तिमिल्सिना र रावललाई पुरस्कृत गरिएको हो ।

महोत्सवमा 'ऐंठन' उपन्यासका लेखक मदन पुरस्कार विजेता लेखक विवेक ओझालाई ५० हजार नगद पुरस्कार प्रदान गरियो । उनलाई टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार प्रदान गरिएको हो । त्यस्तै, महोत्सवमा अमित चौधरीलाई नगद २५ हजार रूपैयाँको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार प्रदान गरियो।  शनिबारदेखि सुरू भएको तीन दिने महोत्सव सोमबार समापन हुँदैछ ।