प्रतिनिधिसभामा अख्तियार विधेयकको खोजी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६२३ दिन अगाडि
प्रतिनिधिसभामा अख्तियार विधेयकको खोजी

काठमाडौं - प्रतिनिधिसभामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकको खोजी भएको छ ।

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको छलफलमा सांसदहरूले सरकारले संसद छलेर ऐन बनाउन खोजेको बताएका हुन् । यसक्रममा नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले अख्तियार विधेयकको खोजी गरेका हुन् । ‘मै बसेको समिति (कानुन न्याय तथा मानव अधिकार समिति)मा केही नेपाल ऐन संशोधन विधेयक छ । तर, दुई महिनासम्म समितिको बैठक बसेको छैन । अख्तियार ऐन संशोधन विधेयक छ त्यसलाई पनि हामीले संसद्मा पेश गर्न सकेका छैनौं,’ सांसद कुँवरले भने । 

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यसबेला प्रधानमन्धी थिए । ओलीले ल्याएको यो विधेयक २०७९ साल चैत २७ गते राष्ट्रिय सभाबाट पारित भएको थियो । त्यसपछि प्रतिनिधिसभामा आएको हो । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयकमाथि प्रतिनिधिसभामा ३१ भदौ २०८० मा सैद्धान्तिक छलफल भएको थियो । सैद्धान्तिक छलफलपछि सभाले दुवै विधेयकमाथि दफावार छलफल गर्नका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो । राज्य व्यवस्था समितिले यो विधेयकमाथि संसदीय उपसमिति बनाएर छलफल चलाएको थियो । उपसमितिले पास गरेर मूल समितिमा बुझाएको छ । तर, अगाडि बढ्न सकेको छैन ।