लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताले कब्जामा लिएको आमगुनासो छ -सुमना श्रेष्ठ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६२३ दिन अगाडि
लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताले कब्जामा लिएको आमगुनासो छ -सुमना श्रेष्ठ

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कांग्रेसका नेताले सरकारी जग्गा कब्जामा लिएको आमगुनासो रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ मा पर्ने लोकतान्त्रिक चोकको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको स्थानीयहरूको गुनासो र उजुरीका बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आमगुनासो छ ।  यसमा पनि ध्यनाकर्षण गराएँ,’ उनले भनिन् ।