नेपाल आएको अमेरिकी एयरफोर्सको विमान फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गरेको विमान शुक्रबार दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो ।
उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले दिएको जानकारी अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो ।
यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको उनको भनाई छ ।
‘कूटनीतिक फ्लाइट हो, मान्छे आएका होइन । दूतावासको लागि आवश्यक सामानहरू ल्याइएको हो,’ प्रवक्ता शेर्पाले भने।