एमालेले बोलायो सचिवालय बैठक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६२१ दिन अगाडि
एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले यही चैत ४  गतेका लागि सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

सचिव डा.अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ । 

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।