दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युबको ग्लोबल ट्रेन्डिङमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५९४ दिन अगाडि
दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युबको ग्लोबल ट्रेन्डिङमा

काठमाडौं -दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ ।

सोमबार बिहान ‘विश्वका १०० म्युजिक भिडियो’को सूचीमा यो नेपाली गीत ७७ औं स्थानमा पर्न सफल भएको हो ।युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने यो चौंथो नेपाली गीत हो । यसअघि कश्मिरे पछ्यौरी, सारंगी र रुकुम मैकोट परिसकेका छन् । यसअघि दुर्गेशको उक्त गीत युट्युब म्युजिकको चार्टको ग्लोबल ट्रेन्डिङमा परिसकेको छ ।

यो गीतलाई अहिलेसम्म ३ करोड ९६ लाख पटक हेरिएको छ । यो एउटै गीतले दुर्गेशलाई युट्युबको ग्लोबल प्लाटफर्ममा उभ्याइदिएको छ । यति मात्र होइन, यो गीत केही समयदेखि लगातार धेरै हेरिने चार्टको सूचीमा परेको छ । युट्युबको ग्लोबल ट्रेन्डिङको शीर्षस्थानमा ४ महिनादेखि लगातार के(पप ब्याण्ड ब्ल्याकपिंककी रोजी र ब्रुनो मार्सको गीत ‘एपिटी’ छ, जुन आफैमा कीर्तिमान हो ।