काठमाडौं - चैत १५ गते समाजवादी मोर्चाले काठमाडौँमा गर्न लागेएको वृहत् विरोधसभालाई सफल बनाउने विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको वैठक बसिरहेको छ।
आन्तरिक तयारीमा जुटेको समाजवादीले केन्द्रीय कार्यालय आलोकनगरमा काठमाडौँमा उपलब्ध स्थायी समिति सदस्यहरूको बैठक बोलाएको थियो । त्यसैगरि चैत ५ गते बिहान ११ बजे सबै केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सचिवालय सदस्यहरूको संयुक्त बैठकसमेत बोलाएको छ ।ले प्रतिगामी राजवादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै चुनौति दिन काठमाडौँमा विरोधसभा गर्ने निर्णय गरेको थियो ।