कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४४३ दिन अगाडि
कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

काठमाडौँ - नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बस्ने भएको छ ।

दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको सहमहामन्त्री महेन्द्र यादवले  बताए । उनका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारितालगायतको विषयमा छलफल हुनेछ । बैठकमा पछिल्लो समय राजावादीहरूको बढ्दो सक्रियताको विषयमा पनि छलफल हुने जनाइएको छ ।