सुनको मूल्य निरन्तर अकासिँदो, तोलामा १ हजार १०० रुपैयाँले वृद्धि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५८७ दिन अगाडि
सुनको मूल्य निरन्तर अकासिँदो, तोलामा १ हजार १०० रुपैयाँले वृद्धि

काठमाडौँ- सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सोमबारको तुलनामा प्रतितोला १ हजार १०० रुपैयाँले बढेर उच्च मूल्य कायम भएको हो। 

छापावाल सुन मंगलबार तोलाको १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार १ लाख ७४ हजार १०० रुपैयाँ थियो। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो। यसैगरी, चाँदीको मूल्य प्रतितोला २ हजार ५० रुपैयाँ निर्धारण भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।