काठमाडौं -‘द भ्वाइस अफ नेपाल’को सिजन ६ मा ‘नकआउट राउण्ड’ सुरु भएको छ ।
शुक्रबार राउण्डको पहिलो एपिसोड प्रसारण भयो जहाँ टीम उदय सोताङका ट्यालेन्टले आगामी चरणमा प्रवेशका लागि प्रतिस्पर्धा गरे । शनिबार कोच राजु लामाका ३ ट्यालेन्टले प्रतिस्पर्धा गरेका छन् । आउँदो साता कोच मेलिना राई र कोच खेम सेन्चुरीका बाँकी ट्यालेन्टले प्रतिस्पर्धा गर्नेछन् । ‘नकआउट राउण्ड’मा कूल ३६ जनाको भीडन्त हुनेछ । अहिले प्रत्येक समूहसँग ९ जना ट्यालेन्ट छन् । ३ समूहमा विभाजन गरेर प्रतिस्पर्धा भैरहेको छ । आगामी राउण्डका लागि ४ जना कोचका १२ जना छनोट हुनेछन् ।