स्ववियुमा पहिलो भएको भन्दै कांग्रेसले दियो नेविसंघलाई बधाई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३६ दिन अगाडि
स्ववियुमा पहिलो भएको भन्दै कांग्रेसले दियो नेविसंघलाई बधाई

 काठमाडाैँ -नेपाली कांग्रेसले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा पहिलो भएको भन्दै नेपाल विद्यार्थी संघलाई बधाई दिएको छ।

आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले नेविसंघलाई बधाई दिने निर्णय गरेको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले निकालेको विज्ञप्तिमा उल्लेख छ। ‘चैत ५ मा सम्पन्न स्ववियु निर्वाचनको प्रतिस्पर्धामा अधिक क्याम्पसहरूमा विजय हासिल गरेर पहिलो स्थान हासिल गर्न सफल भएकोमा कार्यसम्पादन समितिको यो बैठक नेपाल विद्यार्थी संघलाई बधाई ज्ञापन गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ, ‘देशैभरि सबै क्याम्पसहरूमा विजयी सम्पूर्ण विद्यार्थीहरूलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न सफलताको शुभकामना व्यक्त गर्दछ।

नेविसंघले एक सय बढी क्याम्पसमा स्ववियु अध्यक्ष जितेको दाबी गर्दै आएको छ। अहिले दुजाङ शेर्पा नेतृत्वमा नेविसंघको तदर्थ समिति छ।  स्ववियु निर्वाचनमा नेविसंघको सफलताको मूल्याङ्कन गर्दै व्यक्त गरिएको बधाई र शुभकामनाले ऊर्जा र प्रेरणा दिएको नेविसंघ प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।