लकडाउनको त्यो अत्यासलाग्दो समय‍‍

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६११ दिन अगाडि
लकडाउनको त्यो अत्यासलाग्दो समय‍‍

काठमाडौँ -चीनको वुहानबाट सुरु भएर कोभिड–१९ को  विश्वभर फैलिएको थियो । कोरोना भाइरस फैलिएपछि संसारका सबै देशहरुमा लकडाउन गर्नुपरेको थियो ।

जसअनुसार पाँच वर्षअघि आजकै दिनदेखि नेपालमा लामो समय देशव्यापी लकडाउन गरिएको थियो ।   सरकारले २०७६ साल वैशाख १० गतेको निर्णय अनुसार चैत्र ११ गते बिहान ६ः०० बजेदेखि लकडाउन लगाएको थियो ।

जसअनुसार पहिलो लकडाउन २०७७ साउन ६ सम्म करिब ४ महिनासम्म निरन्तर रह्यो भने त्यसपछि पनि विभिन्न पालिकाहरूमा कोरोना सङ्क्रमणको अवस्था हेरेर आंशिक लकडाउन र निषेधाज्ञा पटक(पटक लागू गरियो। यसैगरी कोभिडको दोस्रो लहरका कारण २०७८ साल वैशाख मा पुनः कडा प्रतिबन्ध लागू भयो। कुल हेर्दा, नेपालमा विभिन्न चरणमा गरी १ वर्षभन्दा बढी समयसम्म लकडाउन वा निषेधाज्ञा कायम गरिएको थियो। जुन लकडाउनका कारण सर्वसाधारण व्यापक प्रभावित हुनुका साथै अर्थतन्त्र चौपट भएको थियो ।