हिन्दी गीत ‘तुझ्मे खोया तुझ्मे पाया’मा सुशान्त र सृष्टिको अभिनय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५८५ दिन अगाडि
हिन्दी गीत ‘तुझ्मे खोया तुझ्मे पाया’मा सुशान्त  र सृष्टिको अभिनय

काठमाडौँ - गायक सोनु मिश्रको स्वर रहेको हिन्दी गीत ‘तुझ्मे खोया तुझ्मे पाया’ सार्वजनिक भएको छ ।

राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गीतमा मोहमद साहिदको शब्द तथा संगीत छ । भिडियोमा प्रतिभाशाली मोडल सुशान्त ढकाल र सृष्टि खड्काको अभिनय छ । भिडियो नितिन चन्दले निर्देशन गरेका हुन् । भिडियो योर स्टाइल प्रोडक्सनले तयार पारेको हो । कार्यक्रममा मोडल मिस पवि, योर स्टाइल प्रोडक्सनका चिरन्जीवी शर्मा,  मोडल नमित चन्द लगायतको उपस्थिति थियो । कार्यक्रममा निर्देशक चन्दले भिडियोमा प्रेमकथालाई फरक तवरबाट प्रस्तुत गर्न खोजेको बताए ।