राजावादी आन्दोलनमा झन्डाको व्यापार..

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५७४ दिन अगाडि
राजावादी आन्दोलनमा झन्डाको व्यापार..

काठमाडौँ - व्यवस्थाको विरोध र राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको काठमाडौँको तीनकुने क्षेत्रमा राष्ट्रिय झन्डाको किनबेच भइरहेको छ । 

राजावादी प्रदर्शनकारीले राष्ट्रिय झन्डा प्रयोग गरेका छन् । प्रदर्शनस्थल नजिकै राष्ट्रिय झन्डा बेच्न बसेका छन् ।  जुम्लाकी गोमा न्यौपानेले ३०० र ५०० मूल्यमा राष्ट्रिय झन्डा विक्री भएको बताइन् । २ घण्टामा २० हजार बराबरको झन्डा बिक्री भएको नाम खुलाउन नचाहेका अर्का व्यापारीले बताए ।