प्रधानमन्त्री ओली कुलमान घिसिङको बर्खास्तीबारे संसद्‌मा बोल्न तयार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५७४ दिन अगाडि
प्रधानमन्त्री ओली कुलमान घिसिङको बर्खास्तीबारे संसद्‌मा बोल्न तयार

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे संसद्‌मा बोल्न तयार भएका छन् ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार यही चैत १८ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

कुलमानको बर्खास्तसँगै प्रतिपक्ष दलहरूले सदनमा अवरोध सिर्जना गर्दै संसद् अवरुद्ध पार्दै आएका छन् । उनीहरूले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिएपछि मात्रै सदनको अवरोध हटाउने बताएका हुन् ।

सरकार पक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारको तर्फबाट उक्त विषयमा जवाफ दिने प्रस्ताव गरेको थियो । तर प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने भन्दै संसद् अवरुद्ध पार्दै आएका छन् ।