तिनकुनेमा कर्फ्यु सुरु हुन लागेको प्रहरीको माइकिङ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३२ दिन अगाडि
तिनकुनेमा कर्फ्यु सुरु हुन लागेको प्रहरीको माइकिङ

काठमाडौँ -राजधानीको तिनकुने क्षेत्रमा प्रहरीले कर्फ्यु सुरु हुन लागेको भन्दै माइकिङ सुरु गरेको छ ।

व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाउने तयारी गरेको छ । 

तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको हो ।

राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेको छ प्रर्दशनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यलयमा समेत आक्रमण र तोडफोडबो प्रयास गरेका थिए  प्रर्दशनकारीहरुले उनीहरूले तीनकुनेका विभिन्न घरभवनमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् ।

तीनकुनेमा राखेको सभा नसकिँदै राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको छ ।