राजावादीको प्रदर्शन बिथोलियो, कार्यक्रमको लागि बनाएको मञ्च खाली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३२ दिन अगाडि
राजावादीको प्रदर्शन बिथोलियो, कार्यक्रमको लागि बनाएको मञ्च खाली

काठमाडौं-  राजावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको छ ।

मञ्च खाली गरेर अहिले प्रदर्शनकारीहरू तितरवितर भएका छन् । उनीहरू ढुंगामुढामा उत्रिएका छन् । काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शन बिथोलिएको छ। प्रदर्शन तनावपूर्ण बनेपछि कार्यक्रमको लागि बनाएको मञ्च खाली भएको छ। शुक्रबार आन्दोलन गर्न तीनकुने पुगेका राजावादीहरू निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले अश्रुग्याँस, पानीको फोहरा प्रहार  गरेको थियो।

त्यसपछि राजावादीहरूले स्थानीयको घरमै आगो लगाइदिएका छन् । त्यसअघि उनीहरुले घर तोडफोड गरेका थिए । ती घरमा बसेर प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै प्रदर्शनकारीहरूले ती घर तोडफोड गरेका हुन्। ती घरका घरधनीहरू को-को हुन् खुलिसकेको छैन भने तोडफोडमा संलग्नको पनि पहिचान भएको छैन । अहिले तिन कुनेको अवस्था तनावग्रस्त बनेको छ। कार्यक्रमका लागि बनाइएको मञ्च समेत खाली भएको छ।