राजावादी नेता भागे भनेर लेख्ने मिडियाप्रति रवीन्द्र मिश्रको आक्रोश

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३२ दिन अगाडि
राजावादी नेता भागे भनेर लेख्ने मिडियाप्रति रवीन्द्र मिश्रको आक्रोश

काठमाडौं- राजावादी समूहको प्रदर्शनबाट नेताहरू भागेको भन्दै लेख्ने मिडियाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले असन्तुष्टि पोखेका छन् । उनले सामाजिक सञ्जालमा यस्तो असन्तुष्टि पोखेका हुन् । 

‘केही मिडियाले ‘नेता भागे’ भनेर लेखेछन् । मेरो यसअघिका र यो पोस्ट हेर्नुहोला । शान्तिपूर्ण स्टेज कार्यक्रममा शुरूमैँ टियरग्यास प्रहार गरेर सहभागीहरूलाई भड्काएको दोष प्रहरीको होइन, आदेश दिनेको हो ।

यस्तै हुन्छ भनेर हामीले लामो समयदेखि शान्तिपूर्ण संक्रमणमार्फत ३ नवीन समझदारीको माग गरिरहेका छौँ ।’ मिश्रले लेखेका छन्।यस अघि नै मिश्रले आन्दोलनको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै लेखेका थिए ।