उच्च न्यायिक छानबिन आयोग बनाएर तीनकुने घटनाका दोषीहरूलाई कारबाही गर्न रास्वपाको माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३१ दिन अगाडि
उच्च न्यायिक छानबिन आयोग बनाएर तीनकुने घटनाका दोषीहरूलाई कारबाही गर्न रास्वपाको माग

 काठमाडाैँ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत १५ गते तीनकुने क्षेत्रमा घटेको घटनामा संलग्नहरूमाथि कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन समिति गठनको माग गरेको छ।

दुर्गा प्रसाईं नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि शुक्रबार तीनकुने-कोटेश्वर क्षेत्रमा प्रदर्शन, तोडफोड, आगजनी र लुटपाट भएको थियो।  रास्वपाको शनिबार बिहान ११ बजे बसेको केन्द्रीय सचिवालय (भर्चुअल) बैठकले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा चैत्र १५ गते घटेको घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। साथै पार्टीको केन्द्रीय समिति बैठक चैत १८ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने निर्णय पनि भएको उनले बताए।