तीनकुने घटनामा जरिवाना गराउन महानगरले खटायो अध्ययन टोली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३१ दिन अगाडि
तीनकुने घटनामा जरिवाना गराउन महानगरले खटायो अध्ययन टोली

काठमाडौं -काठमाडौं महानगरपालिकाले शुक्रबार भएको हिंसात्मक आन्दोलन गर्नेहरूलाई जरिवाना तोक्न अध्ययन टोली खटाएको छ ।

महानगरपालिकाले शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बल सहितको टोली बनाएर अध्ययन थालेको मेयर बालेनको सचिवालयले जनाएको छ । ‘अन्य राजनीतिक दल वा समूहले गरेको जस्तो फोहोरको मात्रै जरिबाना गरेर हुँदैन, हिजो तोडफोड भएको छ ।

हाम्रै दमकल फुटाइएको छ,’ नगर प्रहरी बलका एक अधिकारीले  भने, ‘ट्राफिक लाइट भत्काउने काम भएको छ । शहर कुरुप भएको छ । सोही अनुसार अध्ययन गरेर जरिवाना आजै गर्दैछौं ।’उनका अनुसार करिब १० लाख भन्दा धेरै जरिवाना गराउने तयारी रहेको छ ।