गृहमन्त्री लेखकले गरे तीनकुने लगायतका क्षेत्रको अनुगमन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६०६ दिन अगाडि
गृहमन्त्री लेखकले गरे तीनकुने लगायतका क्षेत्रको अनुगमन

 काठमाडाैँ -गृहमन्त्री रमेश लेखकले राजावादीहरूको आन्दोलनका क्रममा क्षति पुगेको तीनकुने लगायतका क्षेत्रको अनुगमन गरेका छन्।

शनिबार बिहान गृहमन्त्री लेखकसहित मन्त्रालयका कर्मचारीहरूले क्षतिग्रस्त भएका स्थानहरूको अनुगमन एवं निरीक्षण गरेका हुन्। शुक्रबारको आन्दोलनमा आन्दोलनकारीहरूले तीनकुने, बानेश्वर, जडिबुटी, कोटेश्वर लगायतका क्षेत्रमा निजी र सार्वजनिक सम्पत्ति तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए।

सोही स्थानको अवस्थाबारे बुझ्न गृहमन्त्री लेखक शनिबार उक्त क्षेत्रको अनुगमनका लागि गएका हुन्। राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको छ।