प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३० दिन अगाडि
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सर्वदलीय बैठक बोलाएका छन् । 

सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् । नेताहरूका अनुसार साँझ ५ बजे सर्वदलीय बैठक बस्ने तयारी छ ।गत शुक्रबार तीनकुनेमा भएको घटना र पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।