दोस्रोपटक सूचना टाँसेर संसद् स्थगित, सभामुख आन्तरिक छलफलमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३० दिन अगाडि
दोस्रोपटक सूचना टाँसेर संसद् स्थगित, सभामुख आन्तरिक छलफलमा

 काठमाडौं - प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

यसअघि आजै सवा ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न सकेको थिएन ।  त्यतिबेला सवा १ बजेका लागि बोलाइएको बैठक पनि प्रतिपक्षीको अवरोधका कारण बस्न सकेन । अहिले पुनः साढे ३ बजे बस्नेगरी बैठक तय भएको छ । सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल थालेका छन् ।