गणतन्त्रवादीलाई संसदबाटै राजेन्द्र लिङ्देनको चेतावनी– सके जेल हाल !

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३० दिन अगाडि
गणतन्त्रवादीलाई संसदबाटै राजेन्द्र लिङ्देनको चेतावनी– सके जेल हाल !

काठमाडौँ - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिएका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकमा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएको भन्दै उनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन् । सामाजिक सञ्जालमा अध्यक्ष लिङ्दनले लेखेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि...छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल !’ बैठकमा लिङदेन र अर्का सांसद ज्ञानेन्द्र शाहीले छाती पिटेको दृश्य देखिन्छ । सत्तापक्षका सांसद रामहरि खतिवडा र ठाकुर गैरेले सडकमा भएको अराजक क्रियाकलापमा संलग्नहरुलाई दण्डित गर्नुपर्ने बताएपछि लिङ्देनले आफूलाई जेल हाल्न चेतावनी दिएका थिए ।