योगेश भट्टराईको प्रश्नः माओवादी संविधानको रक्षा गर्ने पक्षमा छ कि छैन ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३० दिन अगाडि
योगेश भट्टराईको प्रश्नः  माओवादी संविधानको रक्षा गर्ने पक्षमा छ कि छैन ?

काठमाडौं - नेकपा एमालेका सचिव समेत रहेका सांसद योगेश भट्टराईले नेकपा माओवादी केन्द्र संविधानको रक्षा गर्ने पक्षमा हो कि विपक्षमा भनेर प्रश्न गरेका छन् ।

संसदमा विपक्षी दलले उठाएका बिषय लगायत पछिल्ला विकसित घटनाक्रमका बारेमा प्रधानमन्त्रीले संसदमा बोल्ने जानकारी दिँदादिँदै संसद बैठक अबरोध गरेको भन्दै भट्टराईले माओवादीलाई यस्तो प्रश्न गरेका हुन् । ‘आज समय सीमाका रूपमा राष्ट्रिय सभाबाट प्रतिस्थापन विधेयक पारित हुनै पर्ने बाध्यात्मक अवस्था छ । यसलाई रोकेर माओवादी पार्टीले संविधान र कानून बिहीनताको अवस्था सिर्जना गर्न खोजको हो ? माओवादी पार्टी यो संविधानको रक्षा गर्ने पक्षमा छ की छैन ?’, आइतबारको राष्ट्रियसभा बैठक रोकिएपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

 ‘चैत्र १५ गते भएको हिंसात्मक घटनाका दोषीहरूलाई करवाहीको दायरामा ल्याऊन र लोकतान्त्रिक गणतन्त्रको पक्षमा संसदमार्फत राष्ट्रिय एकता र ऐक्यबद्धता प्रकट गर्नुपर्ने दायित्वप्रति माओवादी पार्टी किन अबरोधक बनेको हो ?’, प्रश्न गर्दै भट्टराईले भनेका छन्, ‘संविधानको धारा १०५ ले कुनैपनि अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न मिल्दैन भन्ने स्पष्ट छ ।

संविधानको पक्षधर भनिएको माओवादी नेतृत्वले यो कुरा किन नबूझेको ?भट्टराईले दक्षिणपन्थी अतिवादी, ब्यवस्था र संविधान विरोधी, हिंसावादी, जातीय, साम्प्रदायिक एकता विरोधी, समग्रमा राष्ट्र र जनता विरोधी कुनैपनि हर्कतलाई परस्त गर्नु   गणतन्त्र पक्षधर शक्तिहरूको साझा कार्यभार रहेको स्मरण गराएका छन् । ‘बिशेषगरि राष्ट्रियसभाका सम्माननीय अध्यक्षको गम्भीर ध्यानाकर्षण गर्दछु’, उनले भनेका छन् ।