पार्टीको जिम्मेवारीमा फर्किए रवि लामिछाने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३० दिन अगाडि
पार्टीको जिम्मेवारीमा फर्किए रवि लामिछाने

 काठमाडाैँ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन्।

सहभागी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसमेत मुद्दामा गत कात्तिक २ गते पक्राउ परेयता उनी पार्टीको भूमिकामा थिएनन्। उपसभापति डिपी अर्याल (डोलप्रसाद) लाई कार्यवाहक सभापति तोकिएको थियो। सहकारी ठगी प्रकरणमा कास्की, रुपन्देही, काठमाडौं, चितवन जिल्ला अदालतबाट धरौटीमा छुटे पनि मुद्दा अदालतमा विचाराधीन छ। सभापति लामिछाने सोमबारको बैठकबाट पार्टीको नियमित जिम्मेवारीमा फर्कन लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय समितिको बैठक चःमतिस्थित कार्यालयमा बोलाइएको छ।

उनकाअनुसार भोलिको केन्द्रीय समितिको पहिलो बैठक कार्यवाहक सभापति अर्यालकै अध्यक्षतामा बस्नेछ। त्यो बैठकमा उनले पद हस्तान्तरण र धन्यवाद ज्ञापन गर्नेछन्।दोस्रो बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ गर्ने कार्यसूची छ। त्यस्तै लिडरसिप एकेडेमीको फ्लो चार्ट, जनयात्रा कार्यक्रमबारे छलफल हुनेछ। त्यस्तै पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस र अधिवेशन/महाधिवेशन कार्यतालिकाबारे सघन छलफल हुने झाले जानकारी दिएका छन्।