राप्रपाले बोहोराको निधनमा तीन दिन शोक मनाउने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४२८ दिन अगाडि
राप्रपाले बोहोराको निधनमा तीन दिन शोक मनाउने

काठमाडौं- राप्रपाले सांसद दीपक बोहोराको निधनमा तीन दिन शोक मनाउने भएको छ ।

राप्रपा केन्द्रीय पदाधिकारीको मंगलबार बसेको आकस्मिक बैठकले बोहोराको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । राप्रपाका वरिष्ठ नेता समेत रहेका बोहोराको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको जारी विज्ञप्तिमा उल्लेख छ ।

बोहोराको निधनमा तीन दिन शोक मनाउने, शोक प्रकट गर्न तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटीगत कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने, तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय बैठकले गरेको श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बोहोराको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने छ भने बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।काठमाडौं चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा सांसद बोहोराको मंगलबार निधन भएको थियो । बोहोरा रुपन्देही क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।