प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भोलि अपराह्न भेटवार्ता हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४२६ दिन अगाडि
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भोलि अपराह्न भेटवार्ता हुने

 काठमाडाैँ -प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भेटवार्ता हुने भएको छ। परराष्ट्र मन्त्री आरजु राणा देउवाका प्रेस सल्लाहकार एकराज पाठकका अनुसार शुक्रबार अपराह्न प्रधानमन्त्री ओली र भारतीइ प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने तय भएको हो।

प्रधानमन्त्री ओली बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) मा सहभागी हुन थाइल्याण्ड पुगिसकेका छन्। भारतीय प्रधानमन्त्री मोदी पनि बिमस्टेकमा भाग लिन थाइल्याण्ड पुग्दैछन्।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बिमस्टेकका बेला साइडलाइन वार्ता हुन लागेको हो। यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच गत असोज ७ गते अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको थियो। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच मोदी बसेकै होटल लोटे न्युयोर्क प्यालेसमा करिब ३० मिनेट कुराकानी भएको थियो।