चौथो सातामा 'अञ्जिला', रिलिजको भन्दा बढी शो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४२६ दिन अगाडि
चौथो सातामा 'अञ्जिला', रिलिजको भन्दा बढी शो

 काठमाडाैँ -गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको नेपाली फिल्म 'अञ्जिला' चौथो हप्ता प्रवेश गरेको छ। यो फिल्मको लोकप्रियता दिनप्रतिदिन बढ्दै जाँदा चौथो हप्ताको पहिलो दिन करिब १४० शो प्राप्त गरेको छ, जुन रिलिजको पहिलो दिनको तुलनामा लगभग दोब्बर हो।

यो फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन्। फिल्मको प्रचारलाई थप बलियो बनाउन सुब्बा विभिन्न सहरहरूमा दर्शकमाझ प्रत्यक्ष संवाद गरिरहेकी छन्। उनले काठमाडौं, धरान, इटहरी, झापा, विराटनगर, पोखरा र नेपालगन्ज लगायतका स्थानमा उनले दर्शकसँग भेटघाट गर्दै 'अञ्जिला' हेर्न आमन्त्रण गरिरहेकी छन्।  एन्जिला गत शुक्रबार ग्रिसबाट नेपाल आएकी थिइन्।

उनले हाल ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छन्। यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन्। एन्जिलाको यो भ्रमण विशुद्ध फिल्मको लागि हो। प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन्। यस फिल्ममा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सघंर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।