हलमा लाग्यो प्रकाश सपूतको 'वसन्त'

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५७७ दिन अगाडि
हलमा लाग्यो प्रकाश सपूतको 'वसन्त'

 काठमाडाैँ -आज शुक्रबार हलमा नेपाली फिल्म 'वसन्त' प्रदर्शनमा आएको छ।

प्रकाश सपूतको डेब्यू निर्देशकिय फिल्म 'वसन्त' सहित विदेशी फिल्म 'अ माइनक्राफ्ट मुभी' हलमा लागेका हुन् । मल्टिप्लेक्स हलहरूले यो फिल्मलाई उच्च शो दिएका छन्। गीतलाई समेत फिल्मी शैलीमा निर्माण गर्दै आएका प्रकाशको 'वसन्त' निर्देशकका हिसाबले पहिलो फिल्म भएकाले चासोका साथ हेरिएको छ। फिल्मको सार्वजनिक ट्रेलर र गीतले पनि राम्रो हाइप बनाइरहेका छन् । 

यो फिल्ममा प्रकाश सपुत र स्वस्तिमा खड्का शीर्ष भूमिकामा छन्। साथमा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्ग बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीलगायत कलाकारको अभिनय छ ।  फिल्मको कथा र संगीत प्रकाश सपुत स्वयंको हो। निर्मातामा मोहन विश्वकर्मा र विन्दु बोहोरा छन् भने बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली कार्यकारी निर्माता हुन्।