यी चार विषयमा छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५९६ दिन अगाडि
यी चार विषयमा छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

 काठमाडाैँ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा‍) ले सचिवालय बैठक बोलाएको छ।

महाधिवेशन, जनयात्रालगायत विषय छलफल गर्न रास्वपाले बुधबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय समतिमा बोलाएको हो। बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

त्यस्तै पार्टीका अधिवेशनबारे पनि छलफल हुने झाले बताए। भोलिको बैठकमा चितवनबाट आरम्भव भएको जनयात्रालाई निरन्तरता दिनेबारे पनि छलफल हुने उनले बताए। सचिवालय बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको कामबारे पनि छलफल हुने रास्वपाले बताएको छ।