प्रदर्शनरत फिल्म 'वसन्त' ले ल्यायो गीत 'मोटर' (भिडिओ)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३७९ दिन अगाडि
प्रदर्शनरत फिल्म 'वसन्त' ले ल्यायो गीत 'मोटर' (भिडिओ)

काठमाडाैँ -प्रदर्शनरत फिल्म 'वसन्त' मा समावेश गीत 'मोटर' युट्युबमा सार्वजनिक गरिएको छ। फिल्म रिलिजको केही दिनपछि गीतको लिरिकल भिडिओ युट्युबमा रिलिज गरिएको हो।  यो गीतमा प्रकाश सपुतको स्वर छ।

फिल्मको कथामा यात्राको सन्दर्भमा यस गीत समावेश गरिएको छ। भिडिओमा फिल्मका शीर्ष कलाकार प्रकाश सपुत र खड्ग बहादुर पुन फिचर्ड छन्। प्रकाश सपुतको निर्देशनमा बनेको 'वसन्त' गत शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभातपाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे लगायत कलाकारहरूको अभिनय छ।