एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३७५ दिन अगाडि
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने

काठमाडौँ - गैरआवासीय नेपाली संघ ९एनआरएनए० को एकता महाधिवेशनमा सबै डेलिगेट्स (प्रतिनिधि) सबै पदमा उम्मेदवार बन्न पाउने भएका छन् ।  उच्चस्तरीय समितिको आइतबार सम्पन्न बैठकले प्रतिनिधि भएका व्यक्तिले अध्यक्ष सहितका सबै पदमा उम्मेदवारी दिन पाउने निर्णय गरेको हो ।

उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले आइतबारको निर्णयसँगै प्रतिनिधि जो कोहीले जुनसुकै पदमा उम्मेदवारी दिन सक्ने रातोपाटीलाई बताए । यसअघि आइसीसी सदस्य भएका व्यक्तिले मात्रै अध्यक्ष सहितका पदमा उम्मेदवारी दिन पाउने व्यवस्था थियो।

एनआरएनको एकता महाधिवेशन आगामी मे ३, ४ र ५ मा काठमाडौँमा हुँदैछ। त्यसका लागि उच्चस्तरीय समितिले आवश्यक तयारी तीव्र बनाइरहेको जनाएको छ ।