गत वर्षको हिट फिल्म 'घरज्वाइँ' युट्युबमा सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३७४ दिन अगाडि
गत वर्षको हिट फिल्म 'घरज्वाइँ' युट्युबमा सार्वजनिक

 काठमाडाैँ -वर्ष २०८१ को हिटमध्येको फिल्म 'घरज्वाइँ' युट्युबमा सार्वजनिक गरिएको छ। 

सोमबार नयाँ वर्ष २०८२ सालको अवसर पारेर बुढासुब्बा डिजिटलको युट्युबमार्फत फिल्म रिलिज गरिएको हो। अनिल बुढा मगरको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरले प्रमुख भूमिकामा अभिनय गरेका छन्। जनक घर्ती मगर यो फिल्मको निर्माता हुन्। फिल्म 'घरज्वाइँ' ले मगर समुदायको संस्कृतिको कथा भनेको छ।