प्रचण्डलाई प्रदीप ज्ञवालीको जबाफ- अरूलाई मात्रै औंला उठाउने, आफूले चाहीँ जिम्मेवारी लिनुपर्दैन?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५५७ दिन अगाडि
प्रचण्डलाई प्रदीप ज्ञवालीको जबाफ- अरूलाई मात्रै औंला उठाउने, आफूले चाहीँ जिम्मेवारी लिनुपर्दैन?

 काठमाडाैँ -नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले जनतामा असन्तुष्टि बढेको विषयमा अहिलेको सरकारभन्दा माओवादी केन्द्र बढी जिम्मेवार हुनुपर्ने बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकारहरूसँगको कुराकानीमा ज्ञवालीले शान्ति प्रक्रियापछि सबैभन्दा बढी समय माओवादी केन्द्र सरकारमा रहेकाले उसले पनि जिम्मेवारी लिनुपर्ने बताएका हुन्। 'सबभन्दा कम बसेको एमाले र बीचमा नेपाली कांग्रेस हो। माधव नेपाल सरकारमा हुँदा २० महिना र नेकपा विभाजनपछि केही महिना र अहिले हो माओवादी प्रतिपक्षमा बसेको,' उनले भने, 'अधिकांश समय सत्तामा छ।

त्यसको जबाफदेहिता लिनुपर्दैन? अरूलाई मात्रै औंला ठड्याएर हुन्छ?' ज्ञवालीले तीनकुने घटना जनअसन्तुष्टि नरहेको पनि बताए।  'तीनकुनेमा प्रकट भएका कुरालाई जन असन्तुष्टि भन्ने हो भने जनताको नै नयाँ परिभाषा गर्नुपर्छ। असन्तुष्टिको बेग्लै परिभाषा गर्नुपर्छ। आनदोलनको बेग्लै परिभाषा गर्नुपर्छ,' उनले भने, ' त्यो जनअनसन्तुष्टि थिएन।' यद्यपि नागरिकहरूमा असन्तुष्टि भने बढेको उनले स्वीकार गरे।