२५ करोड प्रकरण : चालक कारागार, मालिक फरार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३७१ दिन अगाडि
२५ करोड प्रकरण : चालक कारागार, मालिक फरार

काठमाडौं- काठमाडौंको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो । उक्त रकमको मालिक भनिएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर नारायण पौडेल फरार छन् ।