कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३७१ दिन अगाडि
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन

काठमाडौँ -नेपाली कांग्रेसले सरकारबारे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेकै आधारमा सरकार नढल्ने निष्कर्ष निकालेको छ । 

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्ड प्रतिपक्षमा भएकाले सरकार ढल्दैछ भन्नु स्वभाविक भएपनि त्यसै आधारमा सरकार नढल्ने बताए ।  ‘प्रचण्ड प्रतिपक्षमा हुनुहुन्छ, उहाँले यो सरकार ढलिहालोस् छ भन्नु स्वभाविक हो’, महतले भने, ‘उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र भत्किने हुँदैन ।’