थप चर्किँदै शिक्षक आन्दोलन (तस्वीर)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३७० दिन अगाडि
थप चर्किँदै शिक्षक आन्दोलन (तस्वीर)

काठमाडौँ- शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले बिहीबार पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।

शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन् । विद्यालयमा हड्ताल गरेर शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिँदा सरकारी विद्यालयहरुमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधि पनि प्रभावित भएको छ ।