ट्रेड युनियन राख्न माग गर्दै निजामती कर्मचारीहरूले घेरे राज्य व्यवस्था तथा सुशासन समिति

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३७० दिन अगाडि
ट्रेड युनियन राख्न माग गर्दै निजामती कर्मचारीहरूले घेरे राज्य व्यवस्था तथा सुशासन समिति

 काठमाडाैँ -कर्मचारी ट्रेड युनियन राख्नुपर्ने मागसहित निजामती कर्मचारीहरूको संयुक्त ट्रेड युनियन सञ्जालले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति कार्यालय घेराउ गरेका छन्।

सञ्जालले कर्मचारीअनुकूल कानुन बनाउनुपर्ने मागसमेत राखेर शुक्रबार कार्यालय घेराउ गरेका हुन्।नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनले समिति कार्यालय घेराउ गरेका हुन्।कर्मचारी संगठनहरूले समितिका सभापति रामहरि खतिवडालाई भेटेर ११ बुँदे माग समेटिएको ज्ञापन पत्रसमेत बुझाएका छन्।

सभापति खतिवडाले निजामती कर्मचारीहरूका अधिकांश मागहरू सम्बोधन भइसकेको र बाँकी केही मागहरू पनि सम्बोधन हुने बताएका छन्। ‘अधिकांश माग पूरा भइसकेका छन्, केही माग पूरा भएका रहेनछन् भने पनि हामी हेर्छौं,’ उनले कर्मचारीहरूसँग भने। आफूहरूले उठाउँदै माग समेटेर संघीय निजामती सेवा विधेयक ल्याउनुपर्ने माग उनीहरूको छ।

यस्ता छन् माग: