शिक्षकलाई जस्तै निजामती कर्मचारीलाई पनि सडकमै पुग्ने वातावरण नबनाऔं : विश्वप्रकाश

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५८६ दिन अगाडि
शिक्षकलाई जस्तै निजामती कर्मचारीलाई पनि सडकमै पुग्ने वातावरण नबनाऔं : विश्वप्रकाश

काठमाडौं - सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्ती विश्वप्रकाश शर्माले निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन नहुने बताएका छन् । शुक्रबार राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यहाँ आउदै गर्दा एकछिन जाममा परियो । सडकम शिक्षकहरू छन्,’ समिति बैठकमा शर्माले भने, ‘निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन हुन्न ।’ समितिमा निजामती विधेयकमाथि छलफल जारी छ ।समितिको बैठक चलिरहँदा विभिन्न आफ्ना माग राखेर कर्मचारी ट्रेड युनियनका नेताहरूले समिति सभापति र सदस्यहरुलाई ध्यानाकर्षण गरेका थिए ।

कर्मचारीले आफूहरूलाई गुमराहमा राखेर ऐन बनाए सडक आन्दोलनमा जाने चेतावनी दिइरहेको उल्लेख गर्दै उनले भने, ‘उहाँहरूसँग पनि एकपटक छलफल गरौं, ताकि ऐन बन्दा अपनत्व सबैले लिन सकियोस् ।’