दोस्रो सातामा कसरी चल्दैछ एक्सन फिल्म 'पिताम्बर'?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३६७ दिन अगाडि
दोस्रो सातामा कसरी चल्दैछ एक्सन फिल्म 'पिताम्बर'?

 काठमाडाैँ -हलमा राम्रो व्यापार गर्‍यो। यसको निर्माणपक्षले व्यापारबारे आधिकारिक विवरण भने सार्वजनिक गरिसकेको छैन।

संगै रिलिज फिल्म 'कर्मा' को व्यापार कमजोर देखिँदा त्यसको फाइदा 'पिताम्बर' लाई मिलेको छ। 'कर्मा' धेरै हलबाट उत्रिसक्दा दोस्रो सातामा पनि 'पिताम्बर' को शोमा धेरै कमी आएको देखिँदैछ।क्युएफएक्स, आईएआई, बिग मुभिज, वान सिनेमाज लगायतका मल्टिप्लेक्सले फिल्मलाई दोस्रो सातामा पनि राम्रो शो दिएका छन्। गत शुक्रबार नयाँ फिल्म रिलिज नहुनु र चैत २२ मा रिलिज 'वसन्त' पनि बक्स अफिसमा अपेक्षित नचल्नुको फाइदा पनि 'पिताम्बर' लाई देखिन्छ। प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल जस्ता नाम चलेका कलाकारहरू एउटै फिल्ममा हुँदा दर्शकहरू 'पिताम्बर' प्रति उत्साहित छन् । फिल्म हेरेका दर्शकले यसको सेटिङ र एक्सन दृश्यको तारिफ गरिरहेका छन्।  यद्यपि, दोस्रो सातामा यो फिल्मको व्यापार केही सुस्ताएको छ। फिल्मको अग्रिम टिकट बुकिङ हेर्दा पहिलो साता जस्तो देखिँदैन्। 

यसैबीच, फिल्मको टिम भने यतिबेला मोफसल यात्रामा छ। पहिलो साता काठमाडौंका हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको कलाकारसहितको टिम धनगढी, नेपालगञ्ज, बुटवल, चितवन हुँदै हेटौडा पुगेको छ।  त्यसक्रममा टिमले हलमा दर्शकसँग बसेर फिल्म हेर्नुका साथै अन्तरक्रिया समेत गरेको छ। टिममा अभिनेता प्रदीप खड्का, अनुपविक्रम शाही, दिव्यदेव पन्त, निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईंसहित छन्।  केपी फिल्मस् र पुरूषोत्तम प्रधान फिल्मसको ब्यानरमा 'पिताम्बर' निर्माण भएको हो। यसमा प्रदीप, दयाहाङ र सौगातसहित अनुपविक्रम शाही, दिव्यदेव पन्त, सुरक्षा पन्त, दिव्या रायमाझी, सुपुष्पा भट्ट, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, गौरी मल्ल, रवीन्द्र झा, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी लगायतको अभिनय छ।