राप्रपाको प्रदर्शनमा मानव अधिकार आयोगको अनुगमन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३६७ दिन अगाडि
राप्रपाको प्रदर्शनमा मानव अधिकार आयोगको अनुगमन

काठमाडौं -राप्रपाले आज काठमाडौंमा गरेको प्रदर्शनको अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोगको टोली खटिएको छ ।

आयोगका कर्मचारीहरु बानेश्वर, बिजुलीबजार, बबरमहल, माइतीघर र सिंहदरबार आसपासको क्षेत्रमा खटिएर प्रदर्शन अनुगमन गरेका हुन् । आयोगले यसअघि चैत २६ गते राप्रपाले बल्खुमा गरेको प्रदर्शन र चैत १५ गते राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन पनि अनुगमन गरेको थियो । तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भए पनि बल्खुको प्रदर्शन शान्तिपूर्ण थियो । राप्रपाको आजको प्रदर्शनबारे आयोगको धारणा भने सार्वजनिक हुन बाँकी छ ।