कांग्रेसको कार्यबाहक सभापतिमा खड्का

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३६७ दिन अगाडि
कांग्रेसको कार्यबाहक सभापतिमा खड्का

काठमाडौं - नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो । सभापति शेरबहादुर देउवा विदेश गएकाले उनी नफर्कने बेलासम्मका लागि खड्कालाई कार्यबाहक सभापति तोकिएको उनले बताए ।