काठमाडौं -निर्माणधिन चलचित्र 'कार्की साईला'को शुभ मुहुर्त गरिएको छ । सोमबार कोटेस्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै चलचित्रकाे शुभ मुहुर्त गरिएको हो ।
चचित्रका मुख्य कलाकार जितु नेपाल ,वर्षा सिवाकोटी र मुहुर्त सट दिएर सुरु गरिएको थियो । मुहुर्तमा जनकदीप पराजुलीले एक्सन कट गरेका थिए भने क्ल्यापमा निर्माता सुशील पोखरेल , क्यामेराको स्वीच अन डम्बर बहादुर राईले गरेका थिए साथै निर्माता/कलाकार उग्रसन ढुङ्गानाले नरिवल फोरेर क्यामेरा पूजा गरेका थिए ।
कर्ण बहादुर फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुने यो चलचित्रमा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । चलचित्रका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् ।
बालकुमार राई निर्माता रहेकोचलचित्रमा द्वन्द्व राजु किराँती, सङ्गित बाबुल गिरि,नृत्य कमल राई, गीतकार तथा मुख्य सहायक निर्देशक जिवननथ गौतम र पटकथा सम्वाद अजित लामिछानेको रहेको छ । चलचित्रमा वर्षा र जितुको अलावा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर मनिल तामाङ रहेको छ । ग्रामीण जीवनको कथा भन्नेछ ।
भुइँ मान्छेको कथालाई सिनेमामा प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी दिएका छन् । सिनेमाको पात्र एक भरिया हुन् । चलचित्र आगामी बैशाख २० गतेबाट धनकुटा जिल्ला को विभिन्न स्थानमा छायांकन गरिने छ यो सिनेमाका लागि अन्य केहि कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माणपक्षले बताएका छन् ।