दुई रातमा दुई सयभन्दा बढी  किदुग तथा संस्था गठन गर्ने पहिलो शेर्पा बने ङावाङ सोनाम 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३५६ दिन अगाडि
दुई रातमा दुई सयभन्दा बढी  किदुग तथा संस्था गठन गर्ने पहिलो शेर्पा बने ङावाङ सोनाम 

काठमाडौं - नेपाल शेर्पा सङ्घको सङ्घीय सातौँ अधिवेशन यहीँ मिति २०८२ साल जेठ २३ र २४ गते काठमाडौँमा आयोजना हुने गरी सम्पूर्ण तयारी अन्तिममा चरणमा पुगेको छ। 

नेपालको संविधान २०७२ संस्था दर्ता ऎन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालयमा विधिवत् रूपमा दर्ता भई सञ्चालनमा रहेका किदुग,समाज,तथा कल्वलाई नेपाल शेर्पा सङ्घले हालै संशोधित छैटौँ विधानले विभेदकारी दृष्टिकोणबाट परिभाषित गरिसकेको छ।  

यहीँ  मिति  २०८२ साल जेठ २३ र २४ मा आयोजना हुने  सातौँ महाधिवेशन प्रतिनिधि छनोट गर्ने विषयमा शेर्पा किदुग कलबलाई एकरूप व्यवहार र सम्मानजनक प्रतिनिधित्वको सुनिश्चितता गरिएको छैन यसको मुख्य जिम्मेवारी हाल बर्तमन वरिष्ठ उपाध्यक्ष ङावाङ सोनाम रहेको संघका पदाधिकारीको जिकिर छ  ।

संघका पदाधिकारीको भनाइ अनुसार छैटौँ महाधिवेशनमा अध्यक्ष उम्मेदवारी दिएका ङावाङ सोनाम शेर्पा आफैले संघका फाइल लुकाइ दुई रातमा विभिन्न नाम राखी झन्डै दुई सय बढी शेर्पा किदुग तथा संस्था गठन गरिएको आरोप छ । यसरी व्यक्तिगत हालीमुहाली गर्ने समुदाय नै बदनाम हुने गरी गठन गरिएको किदुग तथा संस्थाहरू गठन गर्ने  ङावाङ सोनाम शेर्पा नेपाल शेर्पा सङ्घको बर्तमन वरिष्ठ उपाध्यक्ष समेत हुन् उनी छैटौँ महाधिवेशनमा नेपाल  शेर्पा संघका सङ्घीय अध्यक्ष उम्मेदवारी दिएका थिए। 

सम्पूर्ण शेर्पाहरूको चाहाना पहिचान र अधिकार सहितको शेर्पालुङको स्थापना भन्ने मूल नाराका साथ स्थापना भएको शेर्पाहरूको अधिकारमुखी एक मात्र छाता सङ्घटन नेपाल शेर्पा सङ्घ गुटबन्दी नातावाद केही व्यक्तिहरूको व्यक्तिगत षड्यन्त्रले गर्दा सङ्घ कुनै बेला अकल्पनीय दुर्घटनामा पर्न सक्ने सम्भावना रहेको टिप्पणी छ । 

हाल नेपाल शेर्पा सङ्घले सम्पूर्ण किदुग, समाज, कलब तथा संस्थालाई दृष्टिले समाबेश गरिएको छैन यस बारेमा सङ्घले तत्काल समाधान नगरेमा सङ्घले बेवास्ता यसको विकल्पमा संयुक्त किदुग,समाज,कल्वले नेपाल शेर्पा महासंघ गठन गर्ने र नेपाल शेर्पा संघलाई बहिष्कार गर्ने सहित सम्पूर्ण गतिविधिमा सहभागी नहुने  समेत चेतावनी दिएका छन् ।