सरकारको कार्यशैली सुधार्नुपर्छ, जिम्मेवारी बोकेकाहरूमा छटपटाहट छैन: गगन थापा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३९५ दिन अगाडि
सरकारको कार्यशैली सुधार्नुपर्छ, जिम्मेवारी बोकेकाहरूमा छटपटाहट छैन: गगन थापा

 काठमाडाैँ -केपी शर्मा ओली नेतृत्वको सरकारको काम गराइबारे निरन्तर आलोचना गर्दै आएका नेपाली कांग्रेस महामन्त्री गगन थापाले काम गराइको शैली सरकारले परिवर्तन गर्न जरूरी रहेको बताएका छन्।

नागरिकको असन्तुष्टि चिर्न सरकारको अहिलेको जस्तो काम गराइले नपुग्ने पनि महामन्त्री थापाले बताए।सरकारले कार्यशैली बदल्न नसके यसको विकल्पको बारेमा सोच्नुपर्ने अवस्था आउनसक्ने महामन्त्री थापा बताउँछन्। 

केही महिना यता देश दौडाहमा हुनुहन्छ, के भन्छन् जनता?

म पार्टीको कार्यक्रममा सहभागी हुँदा पार्टीका साथीहरूमा ठूलो उत्साह देखेको छु, ऊर्जा पनि छ उत्सव जस्तो छ। नाचगान छ, जुलुस भेला छ। तर म यतिमै सीमित भएर आएको भए उत्सव रौनक छ, जताततै भन्ने भाव बोकेर आउँथे होला। तर मैले बाहिर यस्तो देखेपनि भित्र पत्रपत्र खोलेर हेर्दा अरू पनि धेरै कुरा छन् र मैले बुझ्ने प्रयास गर्नपर्छ भनेर सचेततापूर्वक म गएको ठाउँमा मैले रात बिताएँ। पार्टीको तल्लो तहमा काम गर्ने र पार्टी बाहिरका साथीहरूसँग पनि अन्तर्क्रिया गरेँ। शैक्षिक संस्था, स्वास्थ्य संस्थाहरू, निजी क्षेत्रका साथीहरूलगायत विभिन्न पेसाका साथीहरूसँग कुरा गरेँ र यसबाट मैले साझा देखेको कुरा एकै ठाउँमा राखेर हेरेँ, म पहिला पहिला समाजमा निराशा छ भन्थेँ तर यसबाट मैले निराशा छ भन्न छोडेँ। समाजमा असन्तुष्टि, बेचैनी हो भन्ने पुष्टि भयो।