माधव नेपाललाई राजनीतिक प्रतिशोधकै रूपमा बयान लिइयोः मनिष झा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३९३ दिन अगाडि
माधव नेपाललाई राजनीतिक प्रतिशोधकै रूपमा बयान लिइयोः मनिष झा

 काठमाडाैँ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारले राजनीतिक प्रतिशोध साँध्दै नेताहरूलाई पक्राउ गर्ने, थुन्ने र बयानसमेत लिने गर्न लागेको बताएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठको जग्गा हदबन्दी फुकुवा प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग केही दिनअघि बयान लिएको थियो। अध्यक्ष नेपालसँग यसरी बयान लिइनुपर्ने कुरा राजनीतिक प्रतिशोध भएको प्रतिनिधि सभाको मंगलबारको बैठकमा रास्वपा सांसद झाले बताएका हुन्।

‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानाकर्षण भएको, हाम्रो सरोकार रहेको कुरा राख्न चाहन्छौं। हाम्रो पार्टी सभापतिप्रति भएको भयो, हालसालै रेशम चौधरीप्रति भयो। माधवकुमार नेपालको पनि बयान लिइँदैछ भन्ने सुन्दैछौं । अब के सिके राउतप्रति आक्रमण हुन्छ कि?,’ उनले भने। उनले यो सबै कुरालाई पार्टीले राजनीतिक प्रतिशोधको क्रमको रूपमा हेरिराखेको बताए। ‘हामीले यसलाई गम्भीरतापूर्वक लिइराखेका छौं, सधैं चुप लाग्न नसकिने कुरा नरहन पनि सक्छ,’ उनले चेतावनीको भाषामा भने।