काठमाडाैँ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संविधान परिमार्जन कार्यदलको बैठक बुधबार बस्ने भएको छ।
बैठक बुधबार बिहान ८ बजे केन्द्रीय कार्यालयमा बस्ने तय भएको कार्यदलका सचिव गणेश कार्कीले जानकारी दिए । बुधबारको बैठकमा चारवटा कार्यसूचीमाथि छलफल हुँदैछ । बैठकमा सत्तापक्षको नजरमा संविधान संशोधनको आवश्यकताबारे समसामयीक विवेचना हुने कार्कीले बताए।
त्यस्तै संविधानलाई जीवन्त र गतिशिल बनाउन संविधान परिमार्जनको विषयमा रास्वपाको धारणा, कार्यदल अद्यावधिक गर्ने र विविध प्रस्तावमाथि छलफल हुने गरी कार्यसूची तय गरिएको छ। गत पुस २१ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको थियो । कार्यदलमा क्रान्तिशिखा धिताल, नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, असिम साह, डा. तोसिमा कार्की, अच्युतम लामिछाने र मेघ आले सदस्य छन्।